Ultimate magazine theme for WordPress.

रामकुमारी झाक्रीलाई बिधाकी छोरिको प्रश्न:मेरो आमाको सारीमा प्रश्न उठाउने तपाईं को हो?

40

माघ १९,काठमाडौ ।नेकपा नेतृ रामकुमारी झाक्रीले केही समयअघि गोरखाको एक कार्यक्रममा मदन भण्डारीको हत्या पछि बिधालाई सेतो सारी लगाएर चुनावमा उठाउनु नै गलत भएको तथा लोग्ने मरेपछि त्यसको बिरासतको रुपमा पदमा लाने काम गलत भएको बताएकी थिइन् ।

यसै विषयलाई लिएर बिधा भण्डारीकि छोरी उषा किरणले झाक्रीलाई प्रश्न नै प्रश्न गरेकी छन् ।
उनले लेखेकी छन् :
मेरो आमाले मलाइ बोलाउनुभयो अनि भन्नुभयो:सबै लिडरसिपमा रहेका महिलाहरू लाई घिनलाग्दो आक्षेप लगाउछन।पहिलेको समयमा इन्दिरा गान्धी देखि अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा एङ्गेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो -आफ्नो घाउ देखाउनुभएन। छोरीहरु माथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोसिस गर्नुभयो ।
मेरो आमाको बारेमा तथानाम भन्न थालेको २०५२/५३ साल देखि हो।यो सुरु गर्ने पत्रकार अहिले रिटाय्ड ,वरिष्ठ पत्रकार र नागरिक अगुवा भैसके।उनिहरुका नया अवतार हरु अहिले छन् ।म त्यो बेला एघार बर्ष जति थिए।आमाले फोनमा भन्दै हुनुहुन्थ्यो ,`म किन अभियानमा ननिस्किनु?!,किन घरमा लुक्नु?! उनिहरुले यहि चाहेर यो सब गर्दैछन् म भाग्दिन।´

मलाई त्यो दिनदेखि नै हिम्मत प्राप्त भयो।आमाले हामिलाइ आफ्नो साहस र दृढतामा शिक्षित बनाउनुभएको छ।
एकमहिना अघि मैले यहि फेसबुकमा भनेको थिए।अदृश्य साइबर बुल्ली बाट अब सडकमा नारा लगाउन सुरु भयो-हामीले आवाज बुलुन्द नगरे यस्तो अपराधले झन् ठुलो रुप लिन्छ।एक महिना नबित्दै त्यही भयो।

यहाँ रामकुमारी झाक्रीलाई युवा नेता मान्नेहरुले यो कुरा सुनैइदिनु
१)गल्ती सेतो सारीमा होइन गल्ती दृष्टिकोणमा छ।
२)गलत चुनाव लडाउनु होईन ,उहाँमाथी त्यसबेलाका शिर्ष नेताले गरेको व्यबहार र बोलिमा थियो।अहिले उहाँ तपाइँका शिर्ष नेता हुनुहुन्छ -सोध्नुस गएर।
३)तपाई कम्युनिस्ट स्कुलिङको हो भने:सास्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने -मेरो आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थियो।तपाईं सेतो सारिको कुरा गर्नुहुन्छ -हाम्रो घरमा सेतो तन्ना,सेतो भित्ता ,सेतो सोफा नै थिए।उहाँले ड्याडी(मदन भण्डारी ) लाई मन पर्ने खाना बनाउन छोड्नुभयो।उहाका स-साना छोरिहरु हामीले प्रश्न उठाएनौ।तपाईं उहाको सारीमा प्रश्न उठाउने कोहो?हामी ९/१० बर्षकाले बुझेउ -उहाँ tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो। तपाईं महिला ,ठुलो मान्छे भएर यति बुझुनु भएन?
तपाईंलाई अर्को कुरा भन्छु-दशैमा टीका ग्रहण पनि रास्ट्रपति भएपछि बाध्यत्मक अबस्थामा भएर लाउनु भयो-राष्ट्रप्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा-उहाँको बुढी आमाले उहालाई प्रश्न गर्नुभएन जमरा मात्र हातमा दिदा-तपाईं भिड जम्मा गरेर किन सास्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने कोहो? tragedy cope गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ ।जुन बाटो स्वयं त्यो ब्यक्तिले पनि volunarily रोजेको होईन ।हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिदैन ।यदि तपाईलाई लाग्छ आफ्नो जीवनसाथी भन्दा माथी career महत्त्वकाङंक्षा हो भने-ठाउँ साटौ-तपाईं उहाको सिन्दुर,पोते सारी ,हाम्रो daddy,हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस। अनि तपाईंलाई हामी संग त्य्स्तो नाफा भएको के छ जस्तो लाग्छ -लिएर जानुस् ।
झाक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनु।