Ultimate magazine theme for WordPress.

२ नम्बरी फिल्ममा दीपक मनाङ्गेको पनि लगानी

112

लकडाउनसँगै छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’मा दीपक मनाङ्गे निर्माताको रुपमा जोडिएका छन् । उनले यसअघि ‘पोइ पर्यो काले’मा पनि लगानी गरेका थिए ।

तर, उक्त चलचित्र खासै चलेको थिएन ।

यो चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । चलचित्र ‘२ नम्बरी’मा नायक दयाहाङ राई, पल शाह, वर्षा राउतसँगै भुटानी अभिनेत्री उगेन छोदनको पनि मुख्य भूमिका देख्न सकिनेछ ।

यो चलचित्र आगामी चैत १५ बाट छायांकन सुरु गरिनेछ । निर्देशक लामाका अनुसार यो चलचित्रको बाँकी रहेको दृश्य घान्द्रुक बाट खिच्ने तयारी गरिएको छ ।

चलचित्रका निर्माता किरण नेपाली हुन्, उनीसँगै अब मनाङ्गेको पनि लगानी रहनेछ । उनले के कति लगानी गरेका छन्, चलचित्रको नाफामा कति प्रतिशतमा चित्त बुझाएका छन् त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने यो चलचित्रले २ नजिकका साथिको कथा बोल्नेछ ।