Ultimate magazine theme for WordPress.

बिचरा!राजावादीहरु लाई ओलिको भाषण सुनेर आज निन्द्रा लाग्ला?

213

माघ २३,काठमाडौ ।नेपाली राजनीतिमा अहिले उथलपुथल आएको छ।सरकारी नेकपा नै सत्ता संगै सडक पनि कब्जा गर्न आइसकेको छ।अर्को तिर प्रचण्ड-माधब समूह निरन्तर सडकमा नै छ।विप्लव शान्ति सम्झौतामा आउने भनिएता पनि ऊनी ओलिलाई नै बिश्वास गरेर आउने बाताबरण छैन ।राजावादीहरु राजतन्त्र र हिन्दु राष्ट्रको माग सहित बेलाबेला मोटरसाइकलमा दगुरिरहन्छन।
अबको लडाइ एक कित्तामा ओलि र अर्को कित्तामा नेपाली काङ्ग्रेस ,माधब-प्रचण्ड समूह,जसपा,नागरिक समाज लगायत देखिने स्पष्ट छ।

यसैबीच जब केपि शर्मा ओलि पशुपति पुगे र त्यहाँ केही आर्थिक सहयोग गर्ने घोषणा गरे र संकल्प पुजा समेत गरे।त्यसैको केही दिनपछि नै आफ्नो कार्यक्रम नारायणहिटिमा गर्ने भनेर घोषणा गरे।त्यसलगत्तै राजावादी हरुलाई खुब ठूलो उर्जा मिल्न थाल्यो।उनिहरुले टुइटर ,फेसबुकमा समेत २३ गते कम्तीमा पनि हिन्दुराष्ट्र घोषणा हुने र संघीयता खारेज हुने र अझ अगाडि बढेर रास्ट्रपति जस्तै पद राजाको लागि आउने भनेर हल्ला पिटे।यसमा हल्ला पिट्नेमा केही केपि समर्थक पनि देखिन्थे।किनकी उनिहरु लाई यहि भनेर उपस्थिति बढाउनु थियो।यस्तो हल्ला पिट्नेमा माधब-प्रचण्ड समूह पनि थियो किनकी यहि हल्ला पिटेर ओलिले राजतन्त्र ल्याउछन भन्ने बनाउनु थियो।
आजको कार्यक्रममा केही राजावादीहरु राजतन्त्र नै आइहाल्छ कि ,संघीयता खारेज भैहाल्छ कि ,लोकतान्त्रिक नेपालनै सिद्दिन्छ कि ,हिन्दु राष्ट्र अनि आइहाल्छकी भन्ने आशा सहित प्रसन्न मुद्रामा पुगेका थिए।

जब रामबहादुर थापा बादलले संघीयता लाई अझ बलियो बनाउन ,लोकतान्त्रिक नेपालको रक्षा,धर्मनिरपेक्षता गजोगाउन हाम्रो आमसभामा उपस्थित हुनुभएको छ भन्ने वाक्य प्रयोग गरे तब राजावादीलाई पसिना छुट्न थाल्यो।
जब केपि ओलिले मञ्च बाटै लोकतान्त्रिक नेपाल ,संघीयता ,धर्म निरपेक्षताको लागि सरकार प्रतिबद्ध रहेको र अहिले जे भैरहेको छ त्यो सबै लोकतन्त्र लाई बलियो पार्न भैरहेको बताएपछि बिचरा राजावादीको बेहाल भयो।
बरु ओलिले एउटा सन्देश के दिए भने नारायणहिटि दरबार हिजो राजाको भएपनि आज जनताको भएको र जनताले नै कार्यक्रम गरेको सन्देश भने मज्जाले दिए।
अब राजावादी हरुको केही दिनको निन्द्रा भने चिरहरण भएको छ।