Ultimate magazine theme for WordPress.

प्रदेश २ सरकारले खरिद गरेका बस फागुन भित्रै सञ्चालनमा आउने

110

जनकपुरधाम – प्रदेश २ सरकारले खरिद गरेको बस फागुन भित्रै सञ्चालनमा आउने भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दाबी गरेका छन् ।

प्रदेश सरकारले केही महिना पहिले पाँचवटा बस खरिद गरेको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश परिवहन सेवाका लागि खरिद गरेको बस महिनौदेखि थन्काएर राखिएकोमा आलोचना हुन थालेपछि मन्त्री सोनलले यही महिना भित्रै बस सेवा संचालनमा आउने जानकारी दिएका हुन् ।

मन्त्रालयले पाँचवटै बस भ्याटसहित ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा खरिद गरेको छ । प्रदेशका जनतालाई सरल तथा सुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले दीपावलीको पूर्व सन्ध्या धनतेरसका दिन प्रदेश सरकार ५ वटा बस खरिद गरेको थियो । यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण त्यतीकै थन्काएर राखिएको थियो । मन्त्री सोनलले बसको भुक्तानी गत पुस महिनामै भइसकेकोले कार्यविधि निर्माणको कार्य सम्पन्न भए लगत्तै बस सेवा संचालनमा आउने बताए।

बस सेवा सञ्चालनका लागि एउटा संचालक समितिको गठन हुने र सोही समितिले बस सेवा संचालनको सम्पूर्ण जिम्मा उठाउने मन्त्री सोनलले बताए । संचालक समिति नै बसको चालक, सहचालक तथा कन्डेक्टरको भर्ती गर्ने मन्त्री सोनलले जानकारी दिए ।

प्रदेश परिवहन सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा प्रदेशवासीको यात्रा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुने मन्त्री सोनलले बताए ।

प्रदेश परिवहन सेवा संचालन भएपछि यसले प्रदेशको ८ वटै जिल्लाका सदरमुकामलाई जोड्नेगरी सेवा प्रदान गर्ने छ । ५० सीट क्षमता भएको सो बसमासीसीटीभी क्यामेरा, स्वचलित ढोका र वाइफाइको सुविधा समेत रहेको छ ।