Ultimate magazine theme for WordPress.

श्रममन्त्रीविरुद्ध बम हमला, गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना

50

पश्चिम बंगालका श्रममन्त्रीविरुद्ध बम हमला, गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना

बम हमला हुनु ठीकअघि रेल वे स्टेसनमा पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैन। तस्बिर : सामाजिक सञ्जाल


काठमाडौं, फागुन ६
भारतको पश्चिम बंगाल राज्यका श्रममन्त्री जाकिर हुसैनलाई बम हमला गरिएको छ। उनी गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्सिबाद जिल्लास्थित निमटिटा रेलवे स्टेसनमा मन्त्री हुसैलाई बुधबार राति १० बजे अज्ञात समूहले बमले हानेको हो। घटनामा मन्त्रीसँग रहेका कम्तीमा अन्य दुई व्यक्ति पनि घाइते भएको बताइएको छ।

पश्चिम बंगाल प्रहरीका एक वरिष्ठ अधिकारीले श्रममन्त्री हुसैन रेलको प्रतीक्षा गरिरहेका बेला बम हमला भएको जानकारी दिएका छन्।

जाङ्गीपुर सबडिभिजन अस्पतालमा उपचार हुन नसकेपछि मन्त्री हुसैनलाई मुर्सिबाद मेडिकल कलेजमा भर्ना गरिएको छ।

श्रममन्त्री हुसैन हिँडिरहेका बेला बम हानिएको भिडिओसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ।

घटना का वीडियो आया सामने…पश्चिम बंगाल सरकार में मंत्री ज़ाकिर हुसैन पर बम से हमले में मंत्री समेत कई लोग घायल हुए…#WestBengalelections2021 pic.twitter.com/4QiipTTK6l

— आदित्य तिवारी (Aditya Tiwari) (@aditytiwarilive)