Ultimate magazine theme for WordPress.

सरकारले मुकुन्दे सँग पनि वार्ता गर्ने!

2,219

सरकारले मुकुन्दे सँग पनि वार्ता गर्ने!

नेपाल सरकारले मुकुन्दल्याण्डको माग गर्दै आएका मुकुन्द घिमिरेसँग पनि वार्ता गर्ने भएको छ। सरकारको आधिकारिक ट्विटर ह्यान्डल हेल्लो सरकारले गृह मन्त्रालयलाई उक्त कुरा लेखिपठाएको हो।

ट्विटर प्रयोगकर्ता ज्ञान बहादुर अवस्थीले कसैलाई काखा कसैलाई पाखा नगर्न मेन्सन गरेका थिए। त्यसको प्रत्युत्तरमा हेल्लो सरकारले आइतबार उक्त गुनासो गृह मन्त्रालयमा आवश्यक कारबाहीका लागि पठाइएको जनाएको छ।

पछिल्लो समय स्वतन्त्र मधेशको माग गर्दै आएका सिके रावतसँग सरकारले ११ बुँदे सम्झौता गरेको सन्दर्भमा पनि मुकुन्देलाई वार्तामा बोलाउन सामाजिक संजालमा आग्रह गरिएको थियो।
अहिले विप्लवलाई शान्ति सम्झौता गराउने तयारी गरिरहदा मुकुन्दल्यान्डको सपना देखिरहेका मुकुन्दलाई पनि मुलधारको राजनीतिमा ल्याउन पर्ने भन्दै हेल्लो सरकारमा दर्ता गरिएको हो।उक्त गुनासो गृहमन्त्रालयमा पठाइएको र आबश्यक कामकारबाहीका लागि अगाडि बढाइने जनाइएको छ।