Ultimate magazine theme for WordPress.

संसद् बैठकलगत्तै नेपाल–खनाल समूहको छु्ट्टै छलफल, भावी रणनीति निर्माणमा केन्द्रित हुने

496

संसद् बैठकलगत्तै नेपाल–खनाल समूहको छु्ट्टै छलफल, भावी रणनीति निर्माणमा केन्द्रित हुने

नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूह बदलिएको परिस्थितिमा एमालेभित्र अबको रणनीतिबारे आन्तरिक छलफलमा जुटेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग मतभेद रहेको यो समूहले आज दिउँसो ४ बजे अर्याल होटलमा छलफल गर्दैछ । २३ फागुनमा सर्वोच्चको फैसलाले नेकपा विघटन भएपछि एमालेमै रहने निर्णय गरेको नेपाल-खनाल समूहले भावी रणनीतिमाथि छलफल गर्न लागेको सो समूहका एक नेताले बताए ।

ती नेताका अनुसार, संसद र पार्टीमा नेपाल–खनाल समूहको भूमिका के हुने भन्नेमा छलफल केन्द्रित हुनेछ । नेपाल–खनाल समूह तत्कालीन नेकपामा प्रचण्डसँग निकट थिए । ओलीसँग सम्बन्ध बिग्रिएको यो समूहलाई एमालेभित्र अहिले निकै अफठ्यारो परेको छ ।