Ultimate magazine theme for WordPress.

जसपाका शीर्ष नेतालाई ओलीले बोलाए बालुवाटार

189

जसपाका शीर्ष नेतालाई ओलीले बोलाए बालुवाटार

काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् । जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् ।

जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने रातोपाटीलाई बताए ।

जसपाले सत्ता सहकार्य र रेशम चौधरीको रिहाइसहितका विषयमा छलफल गर्ने बुझिएको छ । यसअघि पनि जसपाका नेताहरुले यो विषयमा प्रधानमन्त्रीसँग एक चरण छलफल गरिसकेका छन् ।

जसपा नेपालले सत्ता सहकार्यका लागि अहिलेसम्म आफ्नो प्रस्ट धारणा सार्वजनिक गरिसकेको छैन । सो पार्टीका नेताहरु प्रधानमन्त्री ओली र ओली इतर गठबन्धन गरी दुवैतिर निरन्तर छलफल र संवादमा छन् ।