Ultimate magazine theme for WordPress.

विप्लव नेतृत्वको नेकपा र अबैधानिक भएको माओवादी केन्द्रबीच तीन बुँदे सहमति

577

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरु एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख छ ।

हस्ताक्षरमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष सुशिल र नेत्र विक्रम चन्द विप्लवले हस्ताक्षर गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रले एकता गरी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गठन गरेपछि माओवादी नेता गोपाल किराँतीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए । नेता किराँतीले छाडेपछि बुढाथोकी अध्यक्ष बनेका हुन् ।

सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता असंवैधानिक भएको फैसला गर्दा पूर्ववत् अवस्थामा फर्काएपछि पछि गठन गरिएको माओवादी केन्द्र स्वतः अवैधानिक भइसकेको छ।