Ultimate magazine theme for WordPress.

पार्टी निर्णय मान्छु ,सर्वोच्च अदालतले ठिक गर्‍यो : वामेदव

296

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले पार्टीको निर्णय मान्ने बताएका छन् । शनिबार बालुवाटारमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनी यसअघि बालुवाटारमै भएको संसदीय दलको बैठकमा गएका थिएनन् । गौतम सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् ।

उनले आफूलाई पार्टी ह्वीप नलाग्ने भएको यसअघिको बैठकमा नआएको बताए । “राष्ट्रपतिले नियुक्त गरेको मलाई पार्टी ह्वीप नलाग्ने भएकोले दलको बैठकमा नआएको हुँ । तर, पार्टीले राष्ट्रपतिलाई सिफारिस गरेकोले मैले पार्टी निर्णय मान्छु,” उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कने गरी आएको सर्वोच्च अदालतको फैसला ठिक भएको बताएका छन् ।

शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन उनले अदालतको फैसलाले कित्ता क्लिएर भएर सजिलो भएको उल्लेख गरे ।

“अदालतले पछिल्लो निर्णय नगरिदिएको भए नेकपा न फुट्थ्यो न जुट्थ्यो । अहिले कित्ता क्लिएर भएर सजिलो भएको छ,” गौतमको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।