Ultimate magazine theme for WordPress.

माओवादी स्थायी कमिटी बैठक जारी, वरिष्ठ अधिवक्ता शम्भु थापाको प्रवेश

1,068

माओवादी स्थायी कमिटी बैठक जारी, वरिष्ठ अधिवक्ता शम्भु थापाको प्रवेश

काठमाडौं, १० चैत्र । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा स्थायी कमिटी सदस्यहरु छलफलमा छन् ।

बैठकमा माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल भइरहेको एक नेताले बताए । बैठक चलिरहँदा वरिष्ठ अधिवक्ता शम्भु थापा प्रवेश गरेका छन् ।

थापाले संवैधानिक र कानुनी जटिलता र चुनौतीहरुबारे सुझाव दिइरहेको बुझिएको छ । उनको प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।