Ultimate magazine theme for WordPress.

सत्ता समिकरण मिलाउन चीन सक्रिय, राजदूत यान्छी नेताहरुलाई धमाधम भेट्दै

380

सत्ता समिकरण मिलाउन चीन सक्रिय, राजदूत यान्छी नेताहरुलाई धमाधम भेट्दै

काठमाडौं, १० चैत्र । देशमा सत्ता संघर्ष चलिरहँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले राजनीतिक दलका नेताहरुलाई निरन्तर भेटिरहेकी छिन् ।

सोमबार यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटमा सम्भावित राजनीतिक घटनाक्रमबारे छलपल गरेको बुझिएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यान्छीले दुवै दलका नेताहरुलाई पहिलोपटक भेटेकी हुन् । उनले अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै आएकी छिन् ।