Ultimate magazine theme for WordPress.

फेरी लकडाउन गर्ने ओलीको घोषणा !

175

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको सम्भावना औल्याएका छन् । आज राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभामा बोल्दै उनले वाध्य भएर देश नै ठप्प पार्ने अवस्था आउनसक्ने बताएका हुन् ।

‘वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ,’ ओलीले भने,‘कोरोना भाइरसको जोखिम बढेकाले सावधानी अपनाउनुपर्छ ।’ उनले कोरोना भाइरसलाई कुनै मौका न नदिनुपर्ने अवस्थामा पुगेको बताए ।

भारतमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएकाले नेपालमा पनि त्यस्तो खतरा बढ्न नदिन सचेतना अपनाउन आग्रह गरे । उनले भने,‘सीमा खुल्ला छ भयावह अवस्था हुनसक्छ, त्यसैले सावधानी अपनाउनैपर्छ ।’

यसका साथै स्वास्थ्यमन्त्री ऋदेश त्रिपाठीले बिधालयहरु १ महिना बन्द गर्न क्यबिनेटलाई सिफारिस गरेका छन् ।त्यो प्रस्ताव पारित भएमा १ महिनासम्म बिधालयहरु बन्द हुनेछन् ।अहिले देखिएको कोरोना भाइरस पहिलेको भन्दा बढी खतरानक रहेको र यसको असर दीर्घकालीन रुपमा देखिने बताइएको छ।यसका साथै यस भाइरसको हर्टस्पटनै बिधालय बन्न सक्ने चेतावनी दिएका छन् ।